Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १२ माघ २०७९, ०५ : ५९ मा प्रकाशित

छुट्ला है ! सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा माघ १२ गते गतेसम्म ढीलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको