Like us!
Follow us!
Connect us!
Watch us!

सेलिङ प्रेसरले नेप्सेमा भारी गिरावट, परिसूचकसँगै घट्याे काराेबार रकम

नेप्से

विहीबार, २८ पुस २०७९, १५ : ०८ मा प्रकाशित

सेलिङ प्रेसरले नेप्सेमा भारी गिरावट, परिसूचकसँगै घट्याे काराेबार रकम

सेलिङ प्रेसरले गर्दा बिहीबार नेप्सेमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे काराेबार दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेकाे छ । नेप्से १.८७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८९ अंकले घटेर ४११.२५ विन्दुमा झरेको छ । 

कूल २५२ वटा कम्पनीकाे एक कराेड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७ सय २४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

त्यसैगरी, बिहीबार शिवम् सिमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड २० लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज सिंगटी र बाराही हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कुमारी धनवृद्धि याेजनाकाे मूल्य पनि १०.०२ प्रतिशतले बढेकाे छ ।

यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ९.१८ प्रतिशतले घटेर ८ सय ८२ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको