Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, ०७ : ३० मा प्रकाशित

लाभांश पारित गर्न अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितीकाे निर्णय अनुसार संस्थाको २५ औँ बार्षिक साधारणसभा माघ २७ गते मैत्रहल, इन्द्रेणी कम्पलेक्स, नयाँबानेश्वर काठमांडौमा ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको