Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, हाइड्रो कम्पनीमा लगानीकर्ताको आकर्षण धेरै

नेप्से

मंगलबार, ०३ माघ २०७९, १५ : ०८ मा प्रकाशित

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, हाइड्रो कम्पनीमा लगानीकर्ताको आकर्षण धेरै

मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । बढेकाे बजारमा अन्य समूहकाे तुलनामा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे धेरै आकर्षण देखिएकाे छ । सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश स्थान हाइड्रोपावर कम्पनीले नै ओगटेका छन् । यता सबैभन्दा धेरै बढ्ने उपसमूहमध्ये पनि दोश्रो स्थानमा हाइड्रोपाववर समूह नै रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेकाे छ । नेप्से १.५२ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले बढेर ४१६.०६ विन्दुमा पुगेकाे छ ।

कूल २५० वटा कम्पनीकाे एक कराेड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्गबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह र दाेश्राेमा हाइड्राेपावर समूह बढेकाे छ । 

मंगलबार अपि पावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २३ कराेड २६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आजै मात्र ४० प्रतिशत हकप्रद निष्कासन गर्ने सूचना सार्वजनिक गरेको थियाे ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्राेपावरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यसदिन सर्वाधिक मूल्य बढ्ने १० वटा कम्पनीमध्ये ८ वटा हाइड्राेपावर नै छन् ।

यस दिन प्रभु सेलेक्ट फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ८.४५ प्रतिशतले घटेर ८ रूपैयाँ ९९ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको