Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश पारित गर्न रिडी पावरले डाक्यो एजीएम, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, ११ : ५४ मा प्रकाशित

बम्पर लाभांश पारित गर्न रिडी पावरले डाक्यो एजीएम, बुकक्लोज कहिले ?

रिडी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज माघ ४ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २९ गते, आइतबार हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

63c78d87864ed.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको