Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, हाइड्राेमा आकर्षण कायमै

नेप्से

बुधबार, ०४ माघ २०७९, १५ : १६ मा प्रकाशित

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन, हाइड्राेमा आकर्षण कायमै

आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज लगानीकर्ताहरूले नाफा बुक गर्दा करेक्सन आएको विश्लेषक बताउँछन् । यता हाइड्राेपावर कम्पनीहरूमा भने लगानीकर्ताहरूकाे आकर्षण कायमै छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेकाे छ । नेप्से ०.४१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० विन्दुमा झरेको छ । 

कूल २४८ वटा कम्पनीकाे एक कराेड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ३ वटा उपसमूहकाेे सेयर बढेकाे छ । विकास बैंक, हाइड्राेपावर र म्युचुअल फण्ड समूह बढेकाे हाे ।

बुधबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३५ कराेड ७८ लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आजै मात्र ५० प्रतिशत हकप्रद निष्कासन गर्ने घाेषणा गरेकाे थियाे । 

यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । पिपुल्स हाइड्राेपावर, बाराही हाइड्राेपावर, हिमालयन उर्जा र ग्रीन भेन्चर्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.८९ प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार ४ सय ९५ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको