Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

नेप्से

विहीबार, ०५ माघ २०७९, १५ : ०९ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । अहिलेकाे अवस्थामा लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे छ । नेप्से ०.२६ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा झरेको छ । 

कूल २४६ वटा कम्पनीकाे ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर बढेको छ । 

आज एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १८ कराेड ४ लाख ४४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४८ रूपैयाँ २० पैसा पुगेकाे छ । 

आज कुमारी धनवृद्धि याेजनाकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ८.८९ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको