Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेप्से

विहीबार, ०५ माघ २०७९, १६ : ३३ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार २ कम्पनीको सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६ सय १३ दशमलव ५७ कित्ता सेयर कुमारी बैंकको नाममा धिताेपत्र सूचीकरण विनियमावली, २०७५ अन्तर्गत नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकरण गरिएकाे हाे । नेप्सेमा सूचीकृत गर्नुअघि नै बैंकले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा दर्ता गराइसकेको छ ।

त्यसैगरी, साविकको सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० रूपैयाँ दरको २ कराेड कित्ता सेयर सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नाममा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकरण गरिएकाे हाे ।

नेप्सेले यी दुवै कम्पनीकाे काराेबार पनि फुकुवा गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

63c9229e37c84.JPG 63c922a340ac7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको