Like us!
Follow us!
Connect us!
Watch us!

अम्बिका पौडेललाई यक्ष प्रश्न : के उनको समूह ब्रोकर लाइसेन्स रोक्न लागेको हो ?

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, २१ : ३९ मा प्रकाशित

अम्बिका पौडेललाई यक्ष प्रश्न : के उनको समूह ब्रोकर लाइसेन्स रोक्न लागेको हो ?

लगानीकर्ता अम्बिका पौडेलको समूह नयाँ स्टक एक्सचेञ्ज रोक्न लागेको बजारमा ब्यापक हल्ला रहेको बारे उनको सो बारे के भनाई रहेको भन्ने प्रश्नमा उनले " यो सरासर, कपोकल्पित, भ्रामक र व्यक्तिको चरित्र हत्या गर्ने नेगेटिभ सोचले ग्रसित व्यक्तिहरुले गरेको विशुद्ध प्रोपोगाण्डा हो" भनेर जवाफ दिएका छन्।  

अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार बहसमा बोल्दै पौडेलले पूंजी बजारको विकासको लागि आफुले जति संघर्ष र भिडन्त गर्ने कमै मात्र लगानीकर्ता मध्य एक रहेको र यो विषय आफ्नो एजेण्डा रहेको ठोकुवा गरेका छन्। हिजो माइतीघर मण्डला देखि स्टक एक्सचेञ्जमा नाराबाजी गर्ने व्यक्ति आफु रहेको भनेर यी आरोप लगाउनेले स्म्ररण गर्नु पर्ने बताए।

आफूले उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमबाट पूंजी बजार सुधारको लागि गर्नु पर्ने कुराको प्रतिवेदन वा दस्ताबेजमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकताबारे लेखेको र आफूले नचाहेको भए आफु सभापति हुदाँ हुदैँ कुनै पनि हालतमा उक्त विषय समेट्न नदिन सक्ने उनको तर्क छ। 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रहदा ब्रोकरको बारे बोलेको छु कि छैन दस्ताबेज हेर्न उनले आग्रह गरेका छन्। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको