Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हाम्रो पुस्ताले १८०० को विन्दु फेरि देख्न पाउने छैन : अम्बिका पौडेल (भिडियो बहस)

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, २१ : ५४ मा प्रकाशित

बजारका विश्लेषक एवम लगानीकर्ता अम्बिका पौडेलले अबको आफ्नो पुस्ताले अब बजार १८०० नदेख्ने प्रक्षेपन गरेका छन्। अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार बहसमा  कुरा गर्दै पौडेलले गएको छ महिनमा बैंक तथा वित्तिय संस्थाको तरलतामा क्रमस सुधार भएको,रेमिट्यान्सको प्रवाह राम्रो रहेको, ब्यालेस अफ पेयमेनट राम्रो रहेको, डलर संचिति बढिरहेको कारण पनि बजार माथि जाने हो विश्लेषण गरेका छन्। 

सेयर बेच्न चन्द्रागिरी हिल्सको संचालकबाट राजिनामा दिएको आरोप 

"मैले पनि मिडियाबाट सो कुरा सुने, मलाई अचम्म के लाग्यो  भने संस्था संचालन गर्ने व्यक्तिले पब्लिक लिमिटेड कम्पनी भइसकेपछि, १४ वर्ष भन्दा कति संचालक बस्ने ?" मिडियाले एकातिर एउटै व्यक्ति लामो समय सम्म संचालक बस्नु हुदैँन संस्थागत सुशासनको हिसाबले भन्दै आवाज उठाउने गरेको र अहिले संचालक छोडदा अनअर्थ लगाउदै दोहोरो चरित्र देखाएकोमा असन्तुष्टि पोखेका छन्। चन्द्रागिरी हिल्समा आफ्नो भावनात्मक सोच जोडिएको र  योग्यलाई अवसर दिएको जिकिर गरेका छन्। 

चन्द्रागिरी हिल्स लिमिटेडको पौष २१ मा सम्पन्न १३औँ वार्षिक साधारण सभावाट  सञ्चालकको पदबाट चन्द्र ढकाल र अम्बिका पौडेल बाहिरिएका थिए। 

अम्बिका पौडेलको समूह के ब्रोकर लाइसेन्स रोक्न लागेको हो ?

अम्बिका पौडेलको समूह नयाँ स्टक एक्सचेञ्ज रोक्न लागेको बजारमा ब्यापक हल्ला रहेको बारे उनको सो बारे के भनाई रहेको भन्ने प्रश्नमा उनले " यो सरासर, कपोकल्पित, भ्रामक र व्यक्तिको चरित्र हत्या गर्ने नेगेटिभ सोचले ग्रसित व्यक्तिहरुले गरेको विशुद्ध प्रोपोगाण्डा हो" भनेर जवाफ दिएका छन्।  

पूंजी बजारको विकासको लागि आफुले जति संघर्ष र भिडन्त गर्ने कमै मात्र लगानीकर्ता मध्य एक रहेको र यो विषय आफ्नो एजेण्डा रहेको ठोकुवा गरेका छन्। हिजो माइतीघर मण्डला देखि स्टक एक्सचेञ्जमा नाराबाजी गर्ने व्यक्ति आफु रहेको भनेर यी आरोप लगाउनेले स्म्ररण गर्नु पर्ने बताए।

आफूले उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमबाट पूंजी बजार सुधारको लागि गर्नु पर्ने कुराको प्रतिवेदन वा दस्ताबेजमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकताबारे लेखेको र आफूले नचाहेको भए आफु सभापति हुदाँ हुदैँ कुनै पनि हालतमा उक्त विषय समेट्न नदिन सक्ने उनको तर्क छ। 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रहदा ब्रोकरको बारे बोलेको छु कि छैन दस्ताबेज हेर्न उनले आग्रह गरेका छन्। 

अर्थसंसारका प्रस्तोता वसन्त पाण्डेले उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति, विश्लेषक तथा लगानीकर्ता अम्बिका पौडेलसँग गरेको भिडियो कुराकानी :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको