Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नाफा ५० करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ०९ : ०६ मा प्रकाशित

गरिमा विकास बैंकको नाफा ५० करोड, अन्य अवस्था कस्तो ?

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिमा बैंकको मुनाफामा सामान्य बृद्धि आएकोे देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ५० करोड २१ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १.८६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा फाइनान्सले ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि १.८६ प्रतिशतले बढेर ७१ करोड ६७ लाख २ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ७० करोड ३९ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सको खुद व्याज आम्दानी पनि ३४.२६ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुगेको छ । 


त्यस्तै, बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी बढेर १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको