Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नाफा सामान्य वृद्धि, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १४ : २९ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नाफा सामान्य वृद्धि, कस्ता छन् अन्य सूचक ?

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.४३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १ करोड ८ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी २४.२० प्रतिशतले बढेर २ अर्ब ७९ करोड २९ लाख ६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब २४ करोड ८७ लाख ५५ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १.५४ प्रतिशतले बढेर एक अर्ब ४७ करोड ३५ लाख ७८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ४५ करोड १२ लाख ६० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।  

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा पनि ६४.११ प्रतिशतले बढेर १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ रहेको छ।

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष

जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी ( ईपीएस)

बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) १९ रूपैयाँ ९९ पैसा रहेकाे छ ।

नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ एक सय ५१ रूपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको