अर्थ संसार, काठमाडौं– नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए ।
राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि जारी राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए ।
नाडाका महासचिब कृष्ण प्रसाद दुलालले उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा भइरहेको रगत अभाबलाई ध्यान दिदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए ।
१३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस