Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि महाकाली कोरिडोर प्रसारण लाइनको परिक्षण

आइतबार, १८ भदौ २०७४, ०९ : ५५ मा प्रकाशित

आजदेखि महाकाली कोरिडोर प्रसारण लाइनको परिक्षण

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि विवाद र झमेलामा फस्दै आएको नेपाल विद्युत प्राधिकरणले महाकाली करिडोर अन्तर्गतको बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको  परीक्षण आजदेखि गरिने भएको छ ।

दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

आज भन्दा तीन वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने सो सो प्रसारण लाइन हाल आएर मात्रै सम्पन्न भएको हो ।
प्रसारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली दार्चुला पुगेको चमेलिया जलविद्युत् आयोजनाका आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।
 
प्रसारण लाइनकोे डबल सर्किट टावर राखिए पनि सिङ्गल सर्किट लाइन मात्रै जोडेर संचालन गर्न लागिएको छ । आयोजना प्रमुख दाहालले डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षबाट सुरु गरिनेछ ।

यो प्रसारण लाइन संचालनमा आएपछि सुदुरपश्चिममा निर्माणाधीन ३० मेगावाटको चमेलिया, ८६ मेगावाटको चमेलिया छत्तिसगाड,४० मेगावाटको माथिल्लो चमेलिया, ५४ मेगावाटका कालंगागाड आयोजना, ८.५ मेगावाटको नौगाडलगायत २ सय मेगावाट बराबरका आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको