संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैलाई आगो लगाएर जलाउने प्रयास गरेका छन् ।
बानेश्वरबाट तीनकुने मार्गकाे मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याएर आफैलाई आगो लगाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाह गरेका थिए ।
यतिबेला उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर लगेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस