Like us!
Follow us!
Connect us!
Watch us!

संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : १८ मा प्रकाशित

संसद् भवनको गेटमा लगाएको आगो प्रहरीले निभायो

जेनजीको प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । प्रदर्शनकारीले गेट नम्बर १ र गेट नम्बर २ मा आगजनी गरे पनि प्रहरीले तत्काल निभाएको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण रहेको छ भने प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । 

केही प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश समेत गरेका छन् । अहिले स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको