Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पामा डढेलो निभाउँदा घाइते भएका थप दुई सैनिकको मृत्यु

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १८ : ३८ मा प्रकाशित

डोल्पामा डढेलो निभाउँदा घाइते भएका थप दुई सैनिकको मृत्यु

डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा आज मङ्गलबार दिउँसो हुम्ला घर भएका २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका ३८ वर्षीय केशरबहादुर जर्गा मगर रहेका छन् । बुढा सैनिक जवान तथा मगर सेनाको जमदार पदमा कार्यरत रहेका थिए । यससँगै सोमबारको डढेलो निभाउन जाँदा मृत्यु हुने सैनिकको संख्या तीन पुगेको छ । हिजो जुम्ला घर भएका हेमन्त रावतको उपचारका क्रममा मृत्यु भएको थियो ।

ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा रहेको सामुदायिक वनबाट शुरु भएको डढेलो अनियन्त्रित बनेपछि सेनाको टोली डढेलो निभाउन गएको थियो । सो क्रममा घाइते भएका सैनिकहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । तीव्र हावा चल्दा डढेलो नियन्त्रण बाहिर गएको थियो । डढेलो अझसम्म पनि नियन्त्रणमा आइसकेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको