Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोकाे आईपीओ बाँडफाँड, लगानीकर्ताले अधिकतममा २८० कित्तासम्म पाए सेयर

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ११ : १२ मा प्रकाशित

एशियन हाइड्रोकाे आईपीओ बाँडफाँड, लगानीकर्ताले अधिकतममा २८० कित्तासम्म पाए सेयर

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलाे चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेकाे आईपीओ बाँडफाँड गरिएकाे छ । उक्त आईपीओ हिजाे बाँडफाँड गरिएकाे हाे । 

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेकाे थियाे ।

जसमध्ये, आयोजना अति प्रभावित क्षेत्रबाट २५० कित्तासम्म माग गर्ने १२७० जना स्थानीयले २५० कित्ता सेयर नै पाएका छन् । ३०० देखि २५०० कित्तासम्मको लागि आवेदन दिने १११ जनाले २८० कित्ता सेयर पाएका छन् । २८० कित्ता सेयर पाएका १११ जनामध्ये गोलाप्रथाबाट ३ जनाले १० कित्ता सेयर पाएका छन् । 

आयोजना प्रभावित क्षेत्र अन्तर्गत १० देखि ३० कित्तासम्म आवेदन दिने २३८३ जनाले माग बमोजिम कै सेयर पाएका छन् । ४० देखि ६ हजार कित्तासम्म आवेदन दिने ४३६८ जनाले ३० कित्ता सेयर पाएका छन् । ३० कित्ता सेयर पाएका ४३६८ जना मध्ये गोलाप्रथाबाट २२३६ जनाले थप १० कित्ता सेयर पाएका छन् । 

यसका साथै, विदेशमा रहेका नेपाली श्रमिक तर्फ ८५९२ जना योग्य रहेकोमा ८ हजार ४ सय जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । 

कम्पनीकाे आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे वेबसाइटबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको