एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते, मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले उक्त आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ ।
क-कसले भर्न पाउँछन् ?
यस आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका–१० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरू), माई जोगमाई गाउँपालिका वडा नम्बर ३, ४ (साविक नाम्सालिङ गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँबजार गाविसको वडा नम्बर ५) तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३, ४ र ५ ) का स्थानीय बासिन्दाहरूले १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।
कति दिने आवेदन ?
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, बिक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस