Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

नेप्से

बुधबार, ११ माघ २०७९, १५ : १५ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

आज (बुधबार) नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेकाे छ । नेप्से ०.४८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने १.३० अंकले घटेर ४१४.२४ विन्दुमा पुगेको छ । 

कूल २६१ वटा कम्पनीकाे ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ कराेड ६५ लाख ८ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । बैंकिङ्ग, फाइनान्स र अन्य समूह घटेकाे हाे । 

आज नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १० कराेड १४ लाख ८६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  ग्रीन लाइफ हाइड्राेपावर, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

आज आरबिबि म्युचुअल फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.७० प्रतिशतले घटेर ७ रूपैयाँ ७७ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको