Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार स्थिर, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

नेप्से

विहीबार, १२ माघ २०७९, १५ : ०६ मा प्रकाशित

सेयर बजार स्थिर, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार स्थिर रहेकाे छ । नेप्से परिसूचक स्थिर हुँदा काराेबार रकम पनि घटेकाे छ । बजारमा अहिले लगानीकर्ताहरू 'पर्ख र हेर' काे अवस्थामा देखिन्छन् । लगानीकर्ता माैद्रिक नीतिकाे समिक्षाकाे पर्खाइमा छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा छ । नेप्से ०.०२ प्रतिशतले घटेकाे हो । यता, सेन्सेटिभ परिसूचक पनि १.११ अंकले घटेर ४१३.१३ विन्दुमा पुगेकाे छ ।

कूल २५४ वटा कम्पनीकाे ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।  

त्यसैगरी, बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७० लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । लुम्बिनी जनरल इन्स्याेरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्राेपावर र सूर्यज्याेति लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.६८ प्रतिशतले घटेर ३ सय ४५ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको