Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : कुन समूह कतिले बढ्याे कतिले घट्याे ?

नेप्से

शुक्रबार, १३ माघ २०७९, १५ : ३८ मा प्रकाशित

साताको सेयर बजार : कुन समूह कतिले बढ्याे कतिले घट्याे ?

गत साता माघ ५ गते जनवरी १९ मा २१७८.८१ अङ्कको बिन्दुमा बन्द भएको सेयरबजार यो साता सोमबार माघ ९ जनवरी २३ मा खुल्ला भयाे। आईतबार सार्वजनिक बिदाको कारण सेयरबजार बन्द रहदाँ यो साता ४ दिन मात्र सेयर कारोबार सेयर कारोबार भयो। 

२१७८.८१ मा खुलेको सेयरबजार साताको अन्तिम कारोबार हिजो माघ १२ गते २१८३.२१ अङ्कको बिन्दुमा बन्द भएको थियो। यो हप्ता सेयरबजारमा ४.४ अङ्कको गिरावट देखिएको छ। 

 

बैंकिङ उपसमूह

१४०१.६४ अङ्कको बिन्दुमा खुल्ला भएको बैंकिङ उपसमूह साताको अन्तिम कारोबार दिन १४०१.१४ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ०.५ अङ्कले घटेको छ। साताको पहिलो कारोबार दिन माघ ९ गते १५.१६ अंकले बढेको बजार त्यसपश्चात निरन्तर रूपमा गिरावट आयो। 

 

डेभलपमेन्ट बैंक उपसमूह

 

३९३०.१५ अङ्कको बिन्दुमा खुल्ला भएको डेभलपमेन्ट बैंक उपसमूह साताको अन्तिम कारोबार दिन ३८४९.९० अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ८०.२५ अङ्कले घटेको छ।

 

फाइनान्स उपसमूह

१८१३.९४ अङ्कको बिन्दुमा खुल्ला भएको फाइनान्स उपसमूह साताको अन्तिम कारोबार दिन १८५१.१३ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ३७.१९ अङ्कले बढेको छ।

 

होटल तथा पर्यटन उपसमूह

 

३३००.०५ अङ्कको बिन्दुमा खुल्ला भएको होटल तथा पर्यटन उपसमूह साताको अन्तिम कारोबार दिन ३३७५.३६ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ७४.८६ अङ्कले बढेको छ।

 

हाइड्रोपावर उपसमूह

२७०७.०७ अङ्कको बिन्दुमा खुल्ला भएको हाइड्रोपावर उपसमूह साताको अन्तिम कारोबार दिन २७२७.५२ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह २०.४५ अङ्कले बढेको छ।

 

इन्भेष्टमेन्ट उपसमूह

७०.७९ अङ्कको बिन्दुमा खुल्ला भएको इन्भेष्टमेन्ट उपसमूह साताको अन्तिम कारोबार दिन ६९.३७ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह १.४२ अङ्कले घटेको छ।

 

 

जीवनबीमा उपसमूह

१०७१३.१० अङ्कको बिन्दुमा खुल्ला भएको जीवनबीमा उपसमूह साताको अन्तिम कारोबार दिन ११०२५.११ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ३१२.०१ अङ्कले बढेको छ।

 

माइक्रोफाइनान्स उपसमुह 

४८२८.५८ अङ्कको बिन्दुमा खुल्ला भएको माइक्रोफाइनान्स उपसमूह साताको अन्तिम कारोबार दिन ४८२२.७४ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ५.८४ अङ्कले घटेको छ।

 

म्युचुअल फण्ड उपसमूह 

१४.९६ अङ्कको बिन्दुमा खुल्ला भएको म्युचुअल फण्ड उपसमूह साताको अन्तिम कारोबार दिन १४.८६ अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह ०.१ अङ्कले घटेको छ।

 

निर्जीवन बीमा उपसमुह 

९२१३.७०अङ्कको बिन्दुमा खुल्ला भएको निर्जीवन बीमा उपसमूह साताको अन्तिम कारोबार दिन ९४८८.४०  अङ्कको बिन्दुमा बन्द भयो। यो साता उपसमूह २७४.७ अङ्कले बढेको छ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको