Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दाेहाेराे अंकले घट्दा यी ५ स्टकमा लाग्याे पाेजेटिभ सर्किट

नेप्से

आइतबार, १५ माघ २०७९, १५ : १८ मा प्रकाशित

नेप्से दाेहाेराे अंकले घट्दा यी ५ स्टकमा लाग्याे पाेजेटिभ सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा झरेकाे छ । नेप्से ०.६७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ विन्दुमा झरेकाे छ ।

कूल २६७ वटा कम्पनीकाे ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब एक करोड ७० लाख ६३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज २ वटा उपसमूहकाे सेयर बढेकाे छ बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । हाेटेल तथा पर्यटन र लाइफ इन्स्याेरेन्स समूह बढेकाे हाे ।

आज आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ९९ लाख ४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आइतबार ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । लुम्बिनी जनरल इन्स्याेरेन्स, बाराही हाइड्राेपावर, इष्टर्न हाइड्राेपावर, आदर्श लघुवित्त र सुर्यज्याेति लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन समृद्धि फाइनान्स कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.०९ प्रतिशतले घटेर ३ सय २४ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको