Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट

नेप्से

सोमबार, १६ माघ २०७९, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट

साेमबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । बजारमा गिरावट देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेकाे छ । नेप्से १.८९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ विन्दुमा झरेको छ । 

कूल २५६ वटा कम्पनीकाे ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३० करोड २२ लाख एक हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाेटल तथा पर्यटन समूह घटेकाे छ । 

साेमबार सुर्यज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १७ कराेड ६५ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस दिन २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आदर्श लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.१४ प्रतिशतले घटेर प्रतिकित्ता ५ सय ४७ रूपैयाँ ९० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको