Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलबिद्युतको नाफामा गिरावट, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ०७ : ३० मा प्रकाशित

रु रु जलबिद्युतको नाफामा गिरावट, ईपीएस कति ?

रु रु जलबिद्युत आयोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ५ करोड ९६ लाख ८ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ९.३० प्रतिशले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ८.१३ प्रतिशतले घटेर ९ करोड १५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ९६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ४ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको