Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, ट्रनओभरमा रिडी पावर अब्बल

नेप्से

मंगलबार, १७ माघ २०७९, १५ : ०७ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, ट्रनओभरमा रिडी पावर अब्बल

आज (मंगलबार) पनि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा झरेकाे छ । नेप्से ०.७४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३८ अंकले घटेर ४००.६० विन्दुमा झरेकाे छ । 

कूल २५९ वटा कम्पनीकाे ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावरबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । हाइड्राे समूह ०.०२ प्रतिशतले बढेकाे हाे ।

त्यसैगरी, मंगलबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड २० लाख ५४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय ९४ रूपैयाँ २० पैसा पुगेकाे छ । 

यस दिन प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.२१ प्रतिशतले घटेर ४ सय ७७ रूपैयाँ ३० पैसामा झरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको