Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार पुन: ओरालो, लगानीकर्ता गुड न्यूजकाे खाेजीमा

नेप्से

विहीबार, १९ माघ २०७९, १५ : ०९ मा प्रकाशित

सेयर बजार पुन: ओरालो, लगानीकर्ता गुड न्यूजकाे खाेजीमा

हिजाे केही सुधार देखिएकाे सेयर बजारमा आज (बिहीबार) फेरि गिरावट देखिएकाे छ । यतिबेला बजारकाे अवस्था हेर्दा लगानीकर्ता "पर्ख र हेर" काे अवस्थामा छन् । लगानीकर्ताहरूले गुड न्यूज खाेजिरहेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा झरेकाे छ । नेप्से १.०४ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ विन्दुमा झरेको छ । 

कूल २५७ वटा कम्पनीकाे ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह घटेकाे हाे ।

त्यसैगरी, बिहीबार स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १० कराेड १३ लाख ९१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ९ सय २८ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त संस्थाकाे मूल्य ५.८० प्रतिशतले घटेर एक हजार एक सय ५४ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको