Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनी, कुनकाे कति बढ्याे ?

नेप्से

शुक्रबार, २० माघ २०७९, १५ : ५३ मा प्रकाशित

यी हुन् यस साता सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनी, कुनकाे कति बढ्याे ?

यस साता नेप्से परिसूचक ८८.६७ अंकले घटेर २०९४.५४ विन्दुमा रोकिएको छ । नेप्से ४.०६ प्रतिशतले बढेकाे हाे । 

यस साता सबैभन्दा धेरै नाफा कमाउनेकाे सूचीमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । साताभरमा संस्थाकाे सेयरमूल्य ६१.०२ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय ९७ रूपैयाँ ९० पैसामा पुगी बन्द भएकाे छ ।

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता सर्वाधिक नाफा कमाउनेकाे दाेश्राे सूचीमा छन् । सात दिनकाे अवधिमा कम्पनीकाे सेयरमूल्य २८.२५ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय २० रूपैयाँ २० पैसा पुगेकाे छ ।

त्यस्तै, सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीकाे तेश्राे नम्बरमा बाराही हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १७.८५ प्रतिशतले बढेर ४ सय ८६ रूपैयाँ २० पैसा पुगेकाे छ । 

त्यसपश्चात् धेरै मूल्य बढ्ने अन्य कम्पनीहरूमा क्रमश : इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड, सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेड, सुर्यज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, आरबिबि म्युचुअल फण्ड १, चिलिमे हाइड्राेपावर कम्पनी लिमिटेड, पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड र जाेशी हाइड्राेपावर कम्पनी लिमिटेड रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको