Like us!
Follow us!
Connect us!
Watch us!

काकासँग बहस :अहिले किन्ने बेला कि बेच्ने बेला ? बजार कता जाँदैछ ?(भिडियो अन्तरवार्ता )

अर्थ संसार

शनिबार, २१ माघ २०७९, १८ : १५ मा प्रकाशित

सेयर बजार विश्लेषक केशव कोइराला काकाले अहिलेको बजार बढ्ने नै देखेको छन्।  अर्थसंसारको नियमित कार्यक्रम अर्थसंसार बहसमा बोल्दै काकाले अब बजार "पैसा"ले बढ्ने बताए। बजार १८०० आस पास हुदैँ गर्दा अब सेयर किन्ने बेला भो, सिजनल बुल आउछ सेयर किनम १८०० भन्दा तल यो वर्ष बजार जादैन भनेर आफुले बताएको स्मरण गरेका छन्। बजारमा पैसा आएकै कारण २२७० पुगेको र प्रोफिट बुक गर्दा अहिले बजार घटेको उनको बुझाई छ।

बुधबार र बिहिबारको कारोबार हेर्ने हो भने पनि झन्डै १८०० नजिकको बेला जस्तै कारोबार  रहेको र बिहिबार अन्तिममा रवि लामिछानेको स्टाटस आएपछि झरेर भोल्युम आएको उनी बताउछन। "बजारमा किन्ने मान्छे अझै सस्तोमा सेयर पाइन्छ कि भनेर कुरि रहेको र बेच्ने मान्छे भने अब झर्दैन भनेर बेच्न तयार नभएको अवस्था हो " उनले भने। 

पात्र परिवर्तनले सेयरबजारलाई लङ्ग रनमा असर गर्दैन 

सेयर बजारलाई पात्र परिवर्तनले सेयरबजारलाई लङ्ग रनमा असर गर्दैन भने विश्लेषण काका गर्छन। अहिले पनि सरकार परिवर्तनको बहाना बनाएर अन्तिममा वा इन्ट्रा डेमा पैसा लिएर सेयर किन्न आउने र बजारमाथि जाने काकाको विश्लेषण गरेका छन्। 

हेर्नुहोस काकासंगको अन्तर्वार्ता (यहाँ क्लिक गर्नुहोला )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको