Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न मिथिला लघुवित्तले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तन हुने

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ०७ : १५ मा प्रकाशित

लाभांश पारित गर्न मिथिला लघुवित्तले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तन हुने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको १४ औँ बार्षिक साधारणसभा फागुन १७ गते न्यु बौवा होटल एण्ड गेष्ट हाउस, लालगढ धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्तमव पारित गर्नेछ ।

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ५ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको