Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०६ : ५४ मा प्रकाशित

मिथिला लघुवित्तको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा आज फागुन १७ गते न्यु बौवा होटल एण्ड गेष्ट हाउस, लालगढ धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन ५ बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको