अर्थ संसार, काठमाडौं–गत महिना आएको बाढीले तराई क्षेत्रमा पुर्याएको क्षतिका कारण निर्जीवन बिमा कम्पनीहरूमा १ अर्ब ८१ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।
बिमा समितिको तथ्यांकअनुसार १५ निर्जीवन बिमा कम्पनीहरूमा ५ सय ३० वटा दाबी परेका छ । प्राप्त सूचना तथा प्रारम्भिक निरिक्षणबमोजिम दाबीको अनुमानित विवरण आए पनि वास्तविक क्षतिको विवरण भने आउन बाँकी रहेको समितिले बताएको छ ।
तथ्यांकअनुसार निर्जीवन बिमाअन्र्तगत सबैभन्दा बढी दाबी अग्नि बिमामा परेको छ । उक्त बिमाअन्र्तगत २ सय ५४ वटा दाबी परेका छन् । जसबापत अनुमानित १ अर्ब २८ करोड रुपैयाँ दाबी परेको छ । त्यस्तै, मोटर बिमाअन्र्तगत ९४ वटा दाबी परेका छन् । जसबापत कम्पनीहरूमा अनुमानित १ करोड ४८ लाख रुपैयाँ दाबी परेको छ ।
इन्जिनियरिङ बिमा ९निर्माणधीन आयोजना०अन्र्तगत ७५ वटा दाबी परेको छ । जसबापत कम्पनीहरूमा ३६ करोड ४७ लाख रुपैयाँ दाबी परेको छ भने इन्जिनियरिङ बिमा ९निर्माण सम्पन्न भइसकेका आयोजना०अन्र्तगत भने ३५ वटा दाबी परेको छ । जसबापत ८ करोड ६२ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै, सामुन्द्रिक बिमा अन्र्तगत भने २ वटा दाबी परेको छ । जसबापत ६२ लाख रुपैयाँ अनुमानित दाबी परेको समितिको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, बाली बिमाअन्र्तगत २९ वटा दाबी परेको थियो । जसबापत ३९ लाख ९५ हजार रुपैयाँ अनुमानित दाबी परेको छ भने पशुपंक्षी बिमा अन्र्तगत ४१ वटा दाबी बापत ५ करोड ३० लाख रुपैयाँ दाबी परेको छ ।
अधिकांश उद्योगहरू तराई क्षेत्रमा केन्द्रित छन् । बाढीले उद्योगहरूमा क्षति पु¥याएको कारण अग्नि बिमा दाबी अधिक परेको समितिका निर्देशक राजुरमण पौडेलले बताए । यो प्रारम्भिक विवरण मात्रै हो । बास्तविक विवरण आउन समय लाग्ने उनले बताए ।
बाढीले क्षति ग्रस्त भएको सम्पतिको मूल्यांकन गर्न कम्पनीहरूले सर्भेयरहरू खटाइसकेको सिद्धार्थ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदावर क्षेत्रीले बताए । सर्भेका लागि पुनर्बिमा कम्पनीबाट पनि सर्भेयरहरू नेपाल आइसकेको उनले बताए । “अहिले सर्भेको काम भइरहेको छ । केही दिनमा नै यसको वास्तविक विवरण पनि आइपुग्नेछ,” उनले बताए ।
नेशनल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, दि ओरियण्टल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा १० करोड रुपैयाँ भन्दा बढीको दाबी परेको छ । गत साउन २७ गते देखि परेको अविरल बर्षाका कारण बाढी, पहिरो र डुबानबाट १५९ जनाको मृत्यू भएको छ ।
गृह मन्त्रालयमा भदौ ११ गतेसम्ममा प्राप्त भएको तथ्यांक अनुसार २८ जना वेपत्ता र ४५ जना घाईते भएका छन् । त्यसैगरी ४३ हजार ४३३ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने १ लाख ५८ हजार १९७ घर आंशिक रूपमा क्षति पुगेको छ ।
कारोबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस