Like us!
Follow us!
Connect us!
Watch us!

प्रत्येक शुक्रबार सुमेरुद्वारा निःशुल्क लगानीकर्ता प्रशिक्षण

अर्थ संसार

आइतबार, २२ माघ २०७९, १२ : ५४ मा प्रकाशित

प्रत्येक शुक्रबार सुमेरुद्वारा निःशुल्क लगानीकर्ता प्रशिक्षण

पूँजी बजार बिकास र विस्तारमा विभिन्न क्षेत्र र नियामक निकायहरुले छिटफुटरूपमा विभिन्न लगानीमैत्री कार्यक्रम सञ्चालन गरेतापनि त्यति प्रभावकारी लगानीकर्ता मैत्री कार्यक्रम सञ्चालनको खडेरी परिरहेको परिस्थितिमा सुमेरु सेक्युरिटिजद्वारा लगानिकर्ताको क्षमता अभिवृद्धि र पूँजी बजारमा वित्तीय साक्षरतामा कमी भएकोमा थोरै भएपनि त्यो अभावको परिपूर्तिको लागी हरेक हप्ताको शुक्रबार सुमेरु सेक्युरिटिजद्वारा विज्ञ अनुभवी प्रशिक्षकद्वारा पुँजीबजार र वित्तीय साक्षरता सम्बन्धी टेक्निकल र फण्डामेन्टल ज्ञान सहितको वर्तमान परिवेश सापेक्षित प्रभावकारी कक्षा सञ्चालनको शुभारम्भ भएको छ।

यसरी सुमेरु सेक्युरिटिज आफुलाई अन्य  ब्रोकरमध्य पृथक र सेयर बजारका लगानीकर्ता मैत्रि ब्रोकरको रूपमा आफूलाई प्रस्तुत गर्न सफल बनेको छ जुन वित्तीय साक्षरता र लगानीकर्तालाई शिक्षित गर्ने काम धितोपत्र बोर्डको हो। धितोपत्र बोर्ड यस मामिलामा अनविज्ञ भइरहेको अवस्थामा एक कदम माथि उठेर सुमेरु सेक्युरिटिजले लगानीकर्तालाई सबल र सक्षम बनाउन वित्तीय साक्षरता प्रशिक्षणमा जुटेको छ। ब्रोकेरको यो कदम लगानिकर्ताको लागि सुवर्ण अवसर पनि हो।

शुक्रवार भएको प्रथम प्रशिक्षण कार्यक्रममा सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस कार्यक्रमको उद्देश्य र औचित्यको बारेमा प्रष्टाएका थिए। लगानीकर्ताको उत्साह जनक उपस्थिति र सहभागिताले पनि यस खालको कार्यक्रमको आवश्यकता रहेको अनुभुति आफु संचालक अग्रवालले बताए। 

"हाम्रो प्रयास भनेको लगानीकर्ताको  जोखिम न्यूनीकरण गर्नु हो, लगानी गर्नु कमाउनलाई हो, यस खाले कार्यक्रमले लगानीकर्तालाई सजक हुने वातावरण गर्नेछ " उनले भने। 

शुक्रबार काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको आई.ए.एफ.एसको सुबिधा सम्पन्न कक्षाबाट सुमेरुले सेयर सचेतना संचालन गरेको हो। कार्यक्रममा लगानीकर्ताको बाक्लो उपस्थिति रहेको थियो।  प्रशिक्षण कार्यक्रममा कलेज विद्यार्थीहरू, भखरै बजारमा लगानी गर्न सुरु गरेका नयाँ लगानीकर्ता, गृहणी, उद्यमी, इन्जिनियर देखि पुराना लगानीकर्ताको सहभागिता थियो। 

साथै अन्तराष्ट्रिय मार्केटमा कारोवार गरेर अनुभव सम्हालेका मुक्ति अर्यालले अन्तराष्ट्रिय वजार र नेपालको बजारको अवस्थाका साथै सेयरबजारको अवसर र चुनौतीको विषयमा आफ्नो राय राखेका थिए। त्यस्तै गरी पूँजीबजारको अवस्था र कम्पनी छनोटको विषय फण्डामेन्टल र टेक्निकल विषयमा आई.ए.एफ.एसका कार्यकारी निर्देशक   सुमन गौतमले प्रशिक्षित गराएका थिए। 

बजारमा स्टक ब्रोकर नं. ३९ ले परिचित सुमेरु सेक्युरिटिजले हरेक हप्ता यस निरन्तरता जनाएको छ।    
तालिम लिन इच्छुक लगानीकर्ताले यस कार्यालयको फोन नम्बर : ०१-५९७०४३९  वा इमेल [email protected] मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्नेछन् ।

63df58a2b14d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको