Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको अन्यौलताले सेयर बजार समेत प्रभावित

नेप्से

आइतबार, २२ माघ २०७९, १५ : ०७ मा प्रकाशित

रास्वपाको अन्यौलताले सेयर बजार समेत प्रभावित

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक झिनाे अंकले बढेर बन्द भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहला वा नरहला भन्ने अन्याैलताले सेयर बजार समेत प्रभावित बनेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८९ अंकले बढेर ४००.२६ विन्दुमा पुगेकाे छ । 

कूल २५८ वटा कम्पनीकाे ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे हाे । 

आइतबार नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ४४ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकाारत्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय २१ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यस दिन इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.४५ प्रतिशतले घटेर ४ सय ५१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको