अर्थ संसार, काठमाडौं– ठूला चाडपर्वहरू दशै, तिहार र छठ नजिकिँदै जाँदा बढी खपत हुने आयातित वस्तुहरु भने महँगो हुने भएका छन् । नेपालको वार्षिक कारोबारको झन्डै ४० प्रतिशत खपत हुने मुख्य सिजन दसैंका बेला ढुवानीमा देखिएको समस्याका कारण उपभोग्य वस्तु महँगिने अवस्था सिर्जना भएको हो ।
आयतकर्ताहरूका अनुसार भारतलगायत तेस्रो मुलुकबाट भित्रने सामग्रीहरू महँगो हुने अवस्था देखिएको छ । कोलकाता बन्दरगाहमा त्यहाँका यातायात व्यवसायीले सिन्डिकेट गरेपछि त्यसको समग्र प्रभाव नेपालमा देखिएको छ भने मुलुकभित्रै पनि मुग्लिनलगायतका स्थानमा गएको पहिरोले ढुवानी प्रभावित भएको छ ।
एकातिर भारतीय यातायात व्यवसायीको सिन्डिकेट त अर्कोतर्फ नेपाली भूभागमा बाढी, पहिरो र डुबानका कारण देखाउँदै सडक सञ्जालमार्फत राजधानी ल्याइने सामग्रीहरूमा यायातात शुल्क बढेको व्यवसायीहरू बताउँछन् । सम्वद्ध व्यवसायीका अनुसार बाढीपहिरोलगायतका कारण देखाएर हाल १ सय २५ प्रतिशतसम्म शुल्क बढाइएको छ ।
वार्षिक नेपालबाट ५ हजारको हाराहारीमा सामान बोकेका केन्टनेर भारततर्फ जाने गरेकोमा भारतबाट झन्डै ८० हजार कन्टेनर नेपाल आउँछन् । बर्सेनि आयात बढ्दै जाँदा भारतवाट नेपालतर्फ सामान बोकेका कन्टेनरको संख्या बढेको हो ।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अनुसार बाढीपहिरोका कारण विराटनगर–काकरभित्तामा १ सय २५ प्रतिशत, वीरगञ्जबाट आउने सामानमा ४५ प्रतिशत र भैरहवा तथा नेपालगञ्जबाट आउने सामानमा ३२ प्रतिशतसम्मले यातायत शुल्क बढेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यसमेत रहेका एसोसिएसन अध्यक्ष प्रकाशसिंह कार्कीका अनुसार कोलकातामा भएको सिन्डिकेटले बढेको शुल्कमा नेपालमा बाढी र पहिरोको कारण देखाँउँदै वृद्धि भएको यातायात क्षेत्रमा भाडा वृद्धिले थप व्ययभार बढेको छ ।
“चाडबाडको मुखमा यसरी यातायातको भाडा बढ्नुले समग्र बजारमा यसको प्रभाव पर्छ, त्यसैले अत्यमा मारमा पर्ने त उपभोक्ता नै हुन्,” अध्यक्ष कार्कीले भने, “नेपालतर्फका ढुवानी कन्टेनर अधिकांश भारतीय नै छन्, यसले गर्दा उनीहरूको सिन्डिकेटले हाम्रो बजार प्रभावित हुने गरेको छ ।”
वार्षिक नेपालबाट ५ हजारको हाराहारीमा सामान बोकेका केन्टनेर भारततर्फ जाने गरेकोमा भारतबाट झन्डै ८० हजार कन्टेनर नेपाल आउँछन् । बर्सेनि आयात बढ्दै जाँदा भारतवाट नेपालतर्फ सामान बोकेका कन्टेनरको संख्या बढेको हो । गत वर्ष ६० हजारको हाराहारीमा कन्टेनर आएकोमा एक वर्षको समयावधिमा २० हजार कन्टेनर थपिएका छन् ।
साउनको अन्तिम साता भारतमा आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६ सय २८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा रोकिएको महासंघका अर्का कार्यकारिणी समिति सदस्य गणेश लाठ बताउँछन् ।
रेल सेवा बन्द भएपछि थुप्रिएको कन्टेनर रेल (याक उपलब्ध नहुँदा ढुवानी हुन नसकेको हो । कोलकाताबाट ढुवानीको जिम्मा पाएको भारतीय रेलवेको भगिनी संस्था कङ्करको ढिलासुस्तीका कारण पनि आयातकर्ताहरूले अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनले बताए । यसले दसैंको मुखमा बजारमा महँगी बढ्ने देखिएको छ ।
दसैंतिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्यका पसल सञ्चालन गरेपनि तेस्रो मुलुकबाट आउने सवैजसो सामानमा मुल्य बढ्ने देखिएको छ । दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामा रोकिएका छन् ।
भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका छन् । यसले पनि दसैंलाइ ल्याएका सामान दसैं नजिकिँदै गर्दा समेत भन्सारबाट छुट्न नसक्दा यसको प्रभाव बजारमा देखिने भएको छ ।
व्यवसायीका अनुसार केरुङ नाकामा झन्डै १ हजार ५ सय कन्टेनर सामानसहित रोकिएका छन् । जुरे पहिरो र भुकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट सामान आयात गर्ने एकमात्र नाका केरुङबाट समयमै सामान छुट्न सकेका छैनन । रोकिएका सामानमा खासगरी दसंैतिहार खपत हुने जुत्ताचप्पल, इलेक्ट्रिक सामग्री, रेडिमेड गार्मेन्टलगायतका सामग्री रहेका छन् ।
अहिले सिपिङलाइन यार्ड, कोलकाता बन्दरगाह र वीरगन्ज सुक्खा बन्दरगाहसम्म कन्टेनर ढुवानी गर्दासम्म जम्मा ३०÷३५ दिन लाग्ने गरेको छ । व्यापारीहरूले प्रतिकन्टेनर ४५ हजारदेखि १ लाख ९० हजार भारतीय रूपैयाँसम्म तिर्ने गरेका छन् ।
यसैबीच, प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली आयातकर्ताले भारतका विभिन्न सेवा प्रयोग गरेवापत वस्तु तथा सेवा कर ९जीएसटी० नलिने सहमति भए पनि भारतीय सेवाप्रदायकले भने छुट दिन नमानेको अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार यसबापत ५ देखि १८ प्रतिशतसम्म शुल्क जोडिएर आउने गरेको छ । कारोबारबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस