Like us!
Follow us!
Connect us!
Watch us!

४.५७ अंकले बढी २१०० मा बन्द भयाे बजार, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

नेप्से

सोमबार, २३ माघ २०७९, १५ : ०५ मा प्रकाशित

४.५७ अंकले बढी २१०० मा बन्द भयाे बजार, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

आज सोमबार नेप्से परिसूचकमा सुधार देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७६ अंकले बढेर ४०२.०१ विन्दुमा पुगेकाे छ ।

कूल २५९ वटा कम्पनीकाे ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे हाे । 

साेमबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ४५ लाख ७३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि आदर्श लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ३ सय ३३ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यस दिन ८.५% लक्ष्मी बैंक डिबेञ्चर २०८८ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.५८ प्रतिशतले घटेर ८ सय ५१ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको