Like us!
Follow us!
Connect us!
Watch us!

याडिया नेपालको नयाँ शोरुम चुच्चेपाटीमा

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ११ : ३५ मा प्रकाशित

याडिया नेपालको नयाँ शोरुम चुच्चेपाटीमा

कुजु नेपाल प्रा. लि. नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुचेपाटीमा नयाँ शोरुमको उद्घाटन गरेकाे छ । काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङद्वारा शोरुमको उद्घाटन गरिएकाे हाे ।

विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको अग्रस्थानमा रहेको ब्रान्ड याडियाले नेपालमा निरन्तर विभिन्न मोडेलहरुको प्रिमियम इ-स्कुटरहरु बिक्री गर्दै आफ्ना बिक्री र बिक्रीपछिको स्तरिय सेवालई निरन्तरता दिँदै कुजु नेपाल प्रा. लि. ले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर नेटवर्कहरु स्थापीत गरीसकेको र साथै थप सुविधाहरु ऊपलब्ध गराउन चुच्चेपाटी, चाबहिलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ र अझै नयाँ र बृहत् सेवाहरू उपभोक्तामाझ पुर्याउन कम्पनी केन्द्रित भएर बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ ।

याडिया नेपालले आफ्नो विश्वव्यापी प्रिमियम मोडलहरू लिएर नेपालमा आफ्नो उपस्थिति स्थापित गरेको छ र नेपाल मा रहेको याडिया ब्राण्ड को ई-स्कूर्टरहरुको मोडेल, मूल्य र दयरा यस प्रकार रहेको छ :

- C1S - रु.३७०,०००/- ( ८० कि.मि. दायरा )
- G5 - रु.३५०,०००/- (८० कि. मि. दायरा )
- S - लाइक- रु२५५,०००/- (६० कि. मि. दायरा )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको