Like us!
Follow us!
Connect us!
Watch us!

सीओएस ओपन म्याराथनमा राजपुराले जितिन् याडिया एस–लाइक स्कुटर

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १७ : ४८ मा प्रकाशित

सीओएस ओपन म्याराथनमा राजपुराले जितिन् याडिया एस–लाइक स्कुटर

नेपाल आर्मीको २६० औं स्थापना वर्षको उपलक्ष्यमा आयोजित आठौँ चिफ अफ आर्मी स्टाफ (सीओएस)को महिलातर्फ २१ किलोमिटर दौडमा राजपुरा पछाइ च्याम्पियन बनेकी छन् ।

म्याराथनमा १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटर गरी तीन इभेन्ट भएको थियो । जहाँ महिला २१ किलोमिटर दौडमा मुख्य प्रायोजक कुजु नेपाल प्रालिले याडिया एस–लाइक स्कुटर पुरस्कार राखेको थियो । 

नेपाल पुलिसकी राजपुराले एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन बनेर एस–लाइक स्कुटर जितिन् । 

उनलाई चिफ अफ आर्मी स्टाफ प्रभुराम शर्मा र कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठले स्कुटर प्रदान गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको