Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ म्युचुअल फण्डको १९ करोड ९२ लाख इकाई सूचीकृत

नेप्से

मंगलबार, २४ माघ २०७९, १२ : १३ मा प्रकाशित

नेप्सेमा २ म्युचुअल फण्डको १९ करोड ९२ लाख इकाई सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा म्युचुअल फण्डको १९ करोड ९२ लाख इकाई सूचीकृत भएकाे छ । 

स्टकका अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि पाैष २१ गतेसम्म निष्कासन गरेकाे 'एनआईबिएल ग्रोथ फण्ड' काे १३ कराेड २० लाख इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे । यस फण्डले दाेश्राे बजारमा काराेबारका लागि NIBLGF सिम्बाेल प्राप्त गरेकाे छ । 

त्यसैगरी, सानिमा क्यापिटल लिमिटेडले  कार्तिक १६ गते, बुधबारदेखि कार्तिक ३० गतेसम्म निष्कासन गरेकाे 'सानिमा ग्रोथ फण्ड' काे ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे । यस फण्डले दाेश्राे बजारमा काराेबारका लागि SAGF सिम्बाेल प्राप्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको