Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १३ : ३६ मा प्रकाशित

सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडले  कार्तिक १६ गते, बुधबारदेखि कार्तिक ३० गतेसम्म निष्कासन गरेकाे 'सानिमा ग्रोथ फण्ड'  सूचीकृत भएकाे छ ।

फण्डकाे ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएकाे हाे । यस फण्डले दाेश्राे बजारमा काराेबारका लागि SAGF सिम्बाेल प्राप्त गरेकाे छ ।

कम्पनीले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड मार्फत् ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ६ कराेड ७२ लाख ५३ हजार २ सय ६० इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) वितरण भई यस स्टक एक्सचेञ्जमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको हाे । 
 

63e205c6dcd72.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको