Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उछाल : राष्ट्र बैंकको रिपोर्टले बढायो लगानीकर्ताको मनोबल

नेप्से

मंगलबार, २४ माघ २०७९, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा उछाल : राष्ट्र बैंकको रिपोर्टले बढायो लगानीकर्ताको मनोबल

सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । आज (मंगलबार) नेप्से परिसूचक अर्धसतक भन्दा धेरै अंकले बढ्दा कारोबार रकम ३ अर्ब नाघेकाे छ । राष्ट्र बैंकको रिपोर्टले लगानीकर्ताको मनोबल बढाएकाे देखिएकाे छ । नेपाल राष्ट्र बैंकले हिजाे चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे थियाे । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ । यति मात्र नभएर माैद्रिक नीतिकाे अर्धवार्षिक समिक्षा पनि राम्राे आउने आम लगानीकर्ताकाे प्रक्षेपण छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेकाे छ । नेप्से ३.६५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.८५ अंकले बढेर ४१५.०१ विन्दुमा पुगेकाे छ ।

कूल २६० वटा कम्पनीकाे ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ ।

आइतबार पनि एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ९२ लाख ४२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा आदर्श लघुवित्तबाहेक अरू सबै हाइड्राेपावर कम्पनी रहेका छन् । 

यस दिन जम्मा ८ वटा स्टककाे मूल्य घटेकाे छ । आईसीएफसी फाइनान्स डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ५.९० प्रतिशतले घटेर एक हजार १२ रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको