Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे भाेल्युम, पुनर्बीमा कम्पनी काराेबारमा अब्बल

नेप्से

बुधबार, २५ माघ २०७९, १५ : ०९ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे भाेल्युम, पुनर्बीमा कम्पनी काराेबारमा अब्बल

हिजाे मंगलबार उछाल देखिएकाे सेयर बजार आज (बुधबार) भने केही प्रभावित भएकाे छ । बुधबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचक एकल अंकमा घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेकाे छ । नेप्से ०.३३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८७ अंकले घटेर ४१४ विन्दुमा झरेकाे छ ।

कूल २५७ वटा कम्पनीकाे एक कराेड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये अन्य बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।

बुधबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड २८ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.३२ प्रतिशतले बढेर ४ सय ३६ रूपैयाँ पुगेकाे छ । 

यस दिन आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.१४ प्रतिशतले घटेर २ हजार ४ सय ३५ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको