Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साढे २७ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ०७ : १२ मा प्रकाशित

कुमारी बैंकको साढे २७ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकका संस्थापक सेयरधनीले २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।  

बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम १३८ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम १३८ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

बैंकले प्रकाशन गरेको सूचनाः

63e44c68b2bac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको