Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरकोे आईपीओ बाँडफाँड आज, १३ लाख आवेदकको हात खालि हुने

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०७ : १६ मा प्रकाशित

शुभम पावरकोे आईपीओ बाँडफाँड आज, १३ लाख आवेदकको हात खालि हुने

शुभम पावर कम्पनी लिमिटेडको आइपीओ आज माघ २७ गते, शुक्रबार बाँडफाँड हुने भएको हो। आइपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा शुक्रबार बिहान ९ बजे हुने छ ।

सिडीएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन बेलुका ५ बजेसम्ममा १३ लाख ६० हजार ९७ जना लगानीकर्ताहरूले एक करोड ५० लाख ७३ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणहरुमा बाँडफाँड गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको हो । सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको थियो भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको हो । 

आवेदन दिनेहरु मध्य ४८ हजार १८८ जना आवेदकहरुले मात्र १० कित्ता सेयर प्राप्त गर्नेछन् भने बाँकि अडलटको २ कित्ता सेयर १० कित्ता भन्दा बढि आवेदन दिने दुई आवेदकले थप एक एक कित्ता सेयर प्राप्त गर्नेछन् । आवेदन दिनेहरुमध्य १३ लाख ११ हजार ९०९ जनाको हात खालि हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको