शुभम पावर कम्पनी लिमिटेडले पौष ६ गते, बुधबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकको छ ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गर्न लागेकाे हाे ।
कति दिने आवेदन ?
वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, मेराे सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस