Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ०६ : १९ मा प्रकाशित

शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लािग छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको