Like us!
Follow us!
Connect us!
Watch us!

टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक विक्री

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १६ : २२ मा प्रकाशित

टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक विक्री

टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको छोटो समयमा नै उपभोक्ताहरुको मन जित्न सफल भएको छ । 

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको हो । 

कम्पनिले जनाएको अनुसार टाटा जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढंगले वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनहरुको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो पनि छ। त्यसैले बढी भन्दा बढी उपभोक्ताहरुमा यस प्रति आकर्षण देखिरहेको छ ।

टाटा मोटर्सको अन्तराष्ट्रियस्तरको विकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परिक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको छ । 

सिपिसिबि २ सम्बन्धि उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टबकोजले इन्धनको कम खपत गरी  उत्कृष्ट कार्यक्षमता देखाँउछ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तराष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।  

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का ब्याट्री डिभिजनका प्रमुख सुरेश कुमार तिवारी भन्नुहुन्छ, “टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नँया उर्जा प्रदान गरिरहेको छ ।  हामी पूर्ण विश्वस्त छौ कि यो नेपालको पुर्वाधार एवं औद्योगिक विकाशको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको ।” 

निर्माण एवं पुर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयूक्त यो उत्पादन २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित  दुवै किसिममा उपलब्ध छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको