Like us!
Follow us!
Connect us!
Watch us!

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तिव्र

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १६ : २० मा प्रकाशित

देशैभरी गाडीका नक्कली पार्टपुर्जाको कारोबार, प्रहरी र प्रशासनद्वारा खोजी कार्य तिव्र

विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्राईएकोे सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोवार गर्ने व्यक्तिहरुको खोजी कार्य जारी भइरहेको जनाएको छ । 

यसै क्रममा टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका  सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाईएको छ ।   

यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावीत भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन । 

यस कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरी र प्रशासनद्धारा काठमाण्डौ उपत्यका लगायत देशका मुख्य शहरहरु र पश्चिम तराईका जिल्लाहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्य र कारवाहिलाई तिव्र बनाएको हो । यदी यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको