Like us!
Follow us!
Connect us!
Watch us!

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १३ : ४२ मा प्रकाशित

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनिजले ग्राहकवर्गहरुको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । हाल विद्यमान प्रतिकुल परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उदेश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकवर्गहरुले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकवर्गहरुले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।  

समायोजित मूल्य यहि मिति २०८० श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ ।

साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५०,००० कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान् गर्दे आईरहेको छ । सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा श्रावण महिनादेखि समायोजित मूल्य लागु भएको छ । अन्य सेवाहरु तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको