Like us!
Follow us!
Connect us!
Watch us!

टियागो ईभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

अर्थ संसार

आइतबार, २३ असार २०८१, १० : ३२ मा प्रकाशित

टियागो ईभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा.लि.ले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसंग साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यही असार २१ गते देखी २३ गते सम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो । यस मेलामा सहभागी भएर ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशूल्क अटोप्लस इन्स्योरेन्स, निःशूल्क दुई आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र तीन वर्षको निःशूल्क सर्भिसिङ्घ सुविधाको फाइदा लिन सकिनेछ ।

साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सकिने बताइएको । यी अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ । ग्राहकको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजेसम्म टाटा मोटर्सको नेपालभरीको शोरुममा हुन गइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको